Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

विद्रोहीहरूसँगको भिडन्तमा २० सुरक्षाकर्मीको मृत्यु


2K
Shares

विद्रोहीहरूसँगको भिडन्तमा २० सुरक्षाकर्मीको मृत्यु

एजेन्सी १०, जेठ । म्यान्मारको पूर्वी भागमा रहेको क्षेत्रमा विद्रोही लडाकूहरूसँगको भिडन्तमा २० सुरक्षाकर्मीहरूसँगको मृत्यु भएको दाबी विद्रोहीहरूले गरेका छन् । एउटा लडाइँमा पिपुल्स डिफेन्स फोर्स नामक सैन्य शासकविरोधी नागरिक समूहले शान राज्यको मोब्येल शहरमा एक प्रहरी चौकी कब्जामा लिएको र त्यसक्रममा २० जना प्रहरीको मृत्यु भएको बताएको छ ।

प्रहरी चौकीमा आगजनी गरिएको छ अनि विद्रोही लडाकूहरूले चारजना सुरक्षाकर्मीलाई नियन्त्रणमा लिएका छन् । सामाजिक सञ्जालमा शेयर गरिएका भिडियोहरूमा युनिफर्म लगाएका सुरक्षाकर्मीको मृत शरीर देखिएको छ अनि आगो लगाइएको प्रहरी चौकी र वाहन पनि देखिएको छ । उक्त शहर राजधानी नेपीदभन्दा १०० किलोमिटर पूर्वतिर पर्छ ।

स्वायत्त राज्यको माग गर्दै सशस्त्र विद्रोही समूहहरूले लडाइँ गरिरहेको क्षेत्र नजिकै त्यो ठाउँ छ । म्यान्मारको सैन्य शासकले यस विषयमा टिप्पणी गरेको छैन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology