काठमाण्डौं १०, जेठ । बहराइनले नेपाली नागरिक प्रवेशमा रोक लगाएको छ । नेपालमा दोस्रो चरणको कोरोना महामारी व्यापक फैलिएपछि त्यहाँ नेपाली नागरिक प्रवेशमा पूर्ण रुपमा रोक लगाइएको छ । बहराइनले नेपाली नागरिकसंगै भारत, पाकिस्तान, श्रीलङ्का र बङ्गलादेशबाट आउने यात्रुलाई प्रतिबन्ध लगाएको जनाएको छ ।
बहराइनस्थित नेपाली दूतावासका अनुसार माथि उल्लेखित देशबाट बहराइनी नागरिक, गल्फको अपरेसन काउन्सिलका नागरिक तथा बहराइनमा बसोबास गर्ने भिसा भएकाहरुले भने प्रवेश पाउने छन् । यात्रा गर्नुअघि ४८ घण्टासम्मको पीसीआर परीक्षण गरेको र क्युआर कोडसहितको नेगेटिभ रिपोर्ट पेस गर्नुपर्छ । यी देशबाट यात्रा गर्नेहरूले १० दिन अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने दूतावासले जनाएको छ ।