गोरखा ९, जेठ । नेकपा माओबादी केन्द्र गोरखाले संसद बिघटनको बिरुद्धको घोर निन्दा र भत्र्सना गरेका छन् । पार्टीले आज एक बिज्ञप्ति जारी गर्दै नेपाली जनताको लामो समयको त्याग, हजारौको बलिदानबाट प्राप्त उपलब्धी माथि प्रधानमन्त्री र राष्ट्रपतिले चिर हरण गरेको आरोप लगाइएको छ । नेकपा माओबादी केन्द्रका अध्यक्ष लेखबहादुर थापाद्धारा हस्ताक्षरित बिज्ञप्तिमा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट भएको असंवैधानिक कदम प्रति आफ्नो पार्टीको गम्भीरु ध्यानकर्षण भएको भन्दै घोर भत्र्सना गरिएकोे छ ।
बिज्ञप्तिमा नयाँ सरकार गठनका बहुमत सांसदको हस्ताक्षर बुझाउदा बुझाउदै पनि देशि विदेशी प्रतिक्रियाबादीहरुको इसारामा संविधान माथिको वालत्कार भएको भन्दै नेपाली जनतालाई त्यो सैह्रय नुहने उल्लेख गरिएको छ । बिज्ञप्तिमा गएको पौष ५ पहिलो पटक गरिएको संसद विघटनको यो निरन्तरता भएको भन्दै प्रधानमन्त्री र राष्ट्रपतिबाट भएको असवैधानिक , अलोकतान्त्रिक , निरकुश प्रतिगामी र राष्ट्रघाती कदमको प्रतिबाद र प्रतिरोधको लागि पार्टी पङ्ती र आम जनसमुदाय समक्ष अपिल गरिएको छ ।
अध्यक्ष थापाद्धारा जारी बिज्ञप्तिमा कोराना माहामारीले नेपाली जनताले दिनानु दिन ज्यान गुमाउनु परेको अबस्थामा जनताको स्वास्थ्य सुरक्षामा पटक्कै ध्यान नदिएर चुनावको रटान लागउनु हास्यस्पद मात्र होइन नेपाली जनता प्रतिको वेइमानी र घात भएको उल्लेख गरिएको छ ।
