नागरिक सवाल
काठमाण्डौं ९, जेठ । माधव नेपाल निकट युवा नेताले निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता गराएका छन् । युवा नेता जीवन राईको नेतृत्वमा आयोगनमा नेकपा एकीकृत दर्ता भएको हो । नयाँ दर्ता भएको पार्टीको उपाध्यक्षमा कल्पना गुरुङ,महासचिव विनोद खुलाल,सचिव ऐनविक्रम कुँवर र कोषाध्यक्ष सुशील खनाल रहेको पदाधिकारी रहनु भएको छ ।
माधव नेपाल पक्षले नयाँ पार्टी दर्ता गर्ने तयारी भइरहेका बेला नेपाल निकट युवा नेताहरुले दर्ता गराएको नेकपा एकीकृत नै माधव नेपालको पार्टी बन्न सक्ने अनुमान गरिएको छ ।अनेरास्ववियुको उपाध्यक्षमा पराजित भएदेखि पार्टीमा कुनै जिम्मेवारी नपाएकाले आफूहरुले अलग पार्टी दर्ता गरेको नयाँ दर्ता भएका पार्टीका अध्यक्ष राइले बताउनुभयो । पार्टीको चुनाव चिन्ह कलम दावी गरिएको राईले गरिएको छ ।