Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखाका स्थानीय तहहरुलाई ८ लाख रुपैया बराबरको स्वास्थ्य सामगी


2.1K
Shares

गोरखाका स्थानीय तहहरुलाई ८ लाख रुपैया बराबरको स्वास्थ्य सामगी

गोरखा,८ जेठ । गोरखाका स्थानीय तहहरुलाई कोरोना संक्रमणको रोकथाम र न्युनिकरणमा सहयोग पु¥याउन ८ लाख रुपैया बराबरको स्वास्थ्य सामग्री उपलब्ध गराइएको छ । गोरखा जिल्ला घरभई बिदेशमा कर्मथलो बनाएका गोर्खालीहरुले जिल्लाका ११ वटै स्थानीय तहहरुलाई स्वास्थ्य सामग्री उपलब्ध गराएको बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष बिष्णुप्रसाद भट्टले जानकारी दिनुभयो ।

ग्लोवल गोरखा समाज र गोरखा समाज जापानले उपलब्ध गराएको स्वास्थ्य सामग्री गोरखा नगरपालिकामा आज आयोजिक आयोजित एक कार्यक्रमका बिच स्थानीय तहहरुलाई उपल्ब्ध गराइएको उहाँले बताउनुभयो । ‘स्थानीय तह मार्फत संक्रमण फैलिएका क्षेत्रका नागरिकहरुलाई पु¥याउन मास्क सहितका सामगी प्राप्त भएको छ, उहाँले भन्नुभयो, त्यस बाहेक एन्टिजेन किट, अक्सिमिटर लगायतका स्वास्थ्य सामग्री पनि स्थानीय तहहरुलाई प्राप्त भएको छ ।’

दुवै संस्था मिलेर एउटा जिल्ला भित्रका ११ ओटै स्थानीय तहलाई कम्तीमा ४० देखि ७५ वटासम्म एन्टिजेन किट, २० देखि ३० वटासम्म अक्सिमिटर उपलब्ध गराइएको छ, ग्लोवल गोरखा समाजका अध्यक्ष बिनय अधिकारीले भन्नुभयो, ‘कोरोना संक्रमण बढी फैलिएको स्थानीय तहमा बढी र कम संक्रमण भएका स्थानीय तहमा कम स्वास्थ्य सामग्री दिइएको छ ।’

बिश्वभर कोरोना महामारी फैलिएको कोरोना संक्रमण गृहजिल्लामा समेत भयावह बन्दै गरेकाले संक्रमण रोक्नका लागि सकेको सहयोग गर्ने उद्देस्यले स्वास्थ्य सामग्री उपलब्ध गराइएको उहाँले बताउनुभयो । बिदेशमा रहेका गोर्खालीहरुबाट स्वास्थ्य सामग्री उपलब्ध गराउन गोरखा सेवा समाज जापानका अध्यक्ष सिएम भट्टराई लगायतको महत्वपूर्ण भूमिका रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology