काठमाण्डौ ७, जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीका दावी गरेका बर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र काग्रेस सभापति शेरबहादुर देउवा दुवैको दावी नपुगेको ठहर गर्नुभएको छ ।
करिब मध्यरात हुनै लाग्दा राष्ट्रपति कार्यालयले एक बक्तव्य जारी गर्दै संविधानको धारा ७६ को उपधारा ५ वमोजिम प्रधानमन्त्रीमा दुवैको दाबी गर्ने र दुवैले बहुमतको आधार प्रस्तुत गर्न नसकेको ठहर गर्नुभएको हो । राष्ट्रपति यो निर्णयसंगै देशमा फेरि एउटै प्रतिनिधी सभा संबैधानिक रुपमा दोस्रो पटक बिघटनमा गएको छ ।
धारा ७६ को उपधारा ५ वमोजिम नयाँ सरकार गठन हुन नसकेपछि अब प्रतिनिधि सभा संविधान वमोजिम भंग भएको छ । सबैधानिक रुपमा प्रतिनिधीसभा बिघटनको भएसंगै प्रधानमन्त्री ओलीकै नेतृत्वमा चुनाव जानुपर्ने अबस्था आएको छ ।


