गोरखा २९, माघ ।
गोरखा क्षेत्र नम्बर १ प्रतिनिधि सभाका सांसद हरिराज अधिकारीले गोरखा दरबारको पुनःनिर्माणमा ढिलासुस्ती भएको भन्दै संसद मार्फत सरकारको ध्यानकर्षण गराउनु भएको छ । प्रतिनिधिसभाको आज बसेको बैठकमा बोल्नुहुदै सांसद अधिकारीले नेपाल भ्रमण बर्ष शुरु भईसक्दा पनि गोरखाको ऐतिहासिक दरबारको पुनःनिर्माण सम्पन्न नहुनु दुःखद् बिषय भएको बताउनुभयो ।
‘दरबार भुकम्पले क्षति पु¥यायो, पुनःनिर्माण अत्यन्तै ढिलो गतिमा भयो, सांसंद अधिकारीले भन्नुभयो, ‘अझसम्म पनि काम शुरुवाती चरण जस्तो मात्र देखिने यो दृष्यले भ्रमण बर्षलाई गिज्याई रहेको छ । सांसद अधिकारीले भन्नुभयो । उहाँले अब तत्काल दरबार पुनःनिर्माणलाई तिब्रता दिन सभामुख मार्फत सरकारकोे ध्यानकर्षण समेत गराउनु भयो ।
अर्को फरक प्रंसगमा सांसद अधिकारीले गोरखा जिल्ला भित्र रहेका अबैधानिक रुपमा सञ्चालन भएका क्रसरलाई तत्काल बन्द गरि बैधानिक सिमाभित्र व्यवस्थित गर्न माग गर्नुभयो । उहाँले गोरखा जिल्लामा दरौदी र बुढिगण्डकी नदीहरु नदीजन्य पदार्थको मूलस्रोत भएको भन्दै त्यसको संरक्षणमा सरकारले ध्यान पु¥याउनु पर्ने बताउनुभयो ।
‘दरौदी क्षेत्रमा रहेको एउटा क्रसर क्षेत्रमा दुध बेच्न गएकी महिलाको ट्रिपरले हानेर हत्या भयो, उहाँले भन्नुभयो, त्यस क्षेत्रमा बिधालयमा बालबालिकाहरुलाई पठनपाठनमा समस्या भएको छ, नागरिकहरुलाई हिडडुल गर्न गाह्रो भएको छ, प्रदुषणका कारण प्रकृति पनी त्रसित छ, सरकारले तत्काल यस्ता अबैध धन्दाहरु बन्द गर्नुपर्छ ।’
सांसद अधिकारीले अब नेपालमा हुने निर्माण कार्यका लागि नदीखोलाहरुको मात्र भर परेर नहुने भन्दा महाभारत लगायतका उपयुक्त पहाडहरुलाई खनेर मैदान बनाई बसोबास स्थल बनाउने र ढुङगामाटो बिकास निर्माणमा लगाउनु पर्ने माग गर्नुभयो ।