गोरखा ५, बैशाख । गोरखा जिल्ला सहित गण्डकी प्रदेशमा आज थप ६८८ जनामा कोरोना संक्रमणको पुष्टी भएको छ । गण्डकी प्रदेश जनस्वास्थ्य निर्देशनालयले जारी गरेको बिज्ञप्तिमा गण्डकी प्रदेश अन्र्तगत गोरखा जिल्लामा १२९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । जसमा ६६ जना महिला र ६५ जना पुरुष रहेको निर्देशनालयले जनाएको छ ।
त्यस्तै तनुहँ जिल्लामा ५६ जना, लम्जुडमा ७ जना, नवलपरासी पूर्वमा १२८ जनामा कोरोना पुष्टी भएको बिज्ञप्तिमा उल्लेख छ । गण्डकी प्रदेशमा मात्र कोरोना संक्रमणबाट बुधबार मात्र थप ३० जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको जनाइएको छ । गण्डकी प्रदेशका कुन जिल्लामा कति संक्रमित थपिए बिज्ञप्ति हेर्नुहोस् ।
