गोरखा ५ जेठ । गोरखाको बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर १ र २ मा पर्ने बारपाकमा एन्टिजेन परीक्षण गराएका ७० जना मध्ये झण्डै ४७ प्रतिसतमा कोरोना पोजेटिभ देखिएको छ ।
नेकपा माओबादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठ (प्रकाश) आफ्नै नेतृत्वमा लिएर गएको चिकित्सक सहितको टोली संक्रमणको लक्षण देखिएका र संक्रमणको उच्च जोखिममा रहेका बारपाकका स्थानीयबासीहरुको एन्टिजेन परीक्षणका क्रममा ३३ जनामा कोरोना पोजेटिभ देखिएको छ । यो कुल परीक्षणको ४७.१४ प्रतिसत हो ।
टोलीमा गएको चिकित्सकहरुले एन्टिेजन परीक्षणमा कोरोना पोजेटिभ देखिएकाहरुलाई निुशल्क औषधी उपलब्ध गराएको छ भने संक्रमणबाट परिवार, समाज र आफुलाई सुरक्षीत राख्न आबश्यक परामर्स समेत प्रदान गरिएको छ ।
चिकित्सक, अन्य स्वास्थ्यकर्मी र औषधी सहित गृहजिल्ला गोरखाका बिभिन्न क्षेत्रमा जनताको घरदैलोमा पुग्नुभएका प्रवक्ता श्रेष्ठले संक्रमणबाट सुरक्षित रहन आबश्यक स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्न नागरिकहरुलाई अपिल गरिरहनु भएको छ ।