गोरखा ५,जेठ । बुधबार बिहान गएको भुकम्पको केन्द्रबिन्दु लम्जुङ्गको भुलभुले भएको राष्ट्रिय भुकम्प मापन केन्द्रले पुष्टी गरेको छ । केन्द्रले बिहान करिब ५ बजेर ४२ मिनेटमा गएको उक्त भुकम्प ५ दशमलव ८ रेक्टर स्केलको भएको जनाएको छ ।
भुकम्पबाट भएको क्षतिको बिबरण भने प्राप्त हुन बाँकी रहेको जनाइएको छ । भुकम्पको धक्का गोरखा जिल्ला सहित कास्की चितवन, पोखरा, धादिङ्ग, काठमाण्डौ लगायतका क्षेत्रमा महसुस गरिएको थियो ।