सिन्धुली ३०, बैशाख । माछा मार्न गएका पुरूष मृत अवस्थामा भेटिएका छन् । कमलामाई नगरपालिका– २ कुसुम्टारका ६० वर्षीय टीकाबहादुर सुनुवार मृत फेला बिहिबार बिहान मृत भेटिएको प्रहरीले जनाएको छ ।
बुधबार माछा मार्न गएका उहाँ घर नफर्किएपछि खोजी कार्य सुरु भएको थियो । सुनुवारको शव मरिण खोला छेउमा घोप्टो परेको अवस्थामा फेला परेको प्र्हरीको भनाई छ । खोलामा आएको बाढीले उहाँलाई बगाएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।
घटनाको थप अनुसन्धान भइरहेको छ।