Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

आँबुखैरेनी नजिकै र्मस्याङ्दी नदीमा ट्रक खस्यो, दुई जनाको घटनास्थलमै मत्यु


3.5K
Shares

आँबुखैरेनी नजिकै र्मस्याङ्दी नदीमा ट्रक खस्यो, दुई जनाको घटनास्थलमै मत्यु

गोरखा, २८ बैशाख । पृथ्वीराजमार्ग अन्तरगत पर्ने तनहुँको आँबुखैरेनी गाउँपालिका–४ मा पर्ने मस्र्याङ्दी हाइड्रोपावर नजिकै ट्रक त्रिशुली नदीमा खसेको छ । भुस बोकेको ना ३ ख ९९७३ नम्बरको ट्रक पृथ्वीराजमार्गबाट करिब १सय मिटर तल नदीमा खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

दुर्घटनामा परि ट्रकका चालक बाग्लुङको गल्कोट नगरपालिका ८ बस्ने बर्ष ३७ को जय कंडेल सहचालक सोही ठाउँका बर्ष ३५ को मिन कंडेलको घट्नास्थलमा नै मृत्यु भएको प्रहरीको भनाई छ । मंगलबार बिहान भएको घटनामा उनिहरुको मृत्यु भएको छ ।

घटनाको जानकारी पाएलगत्तै उद्धारका लागि पुुगेको प्रहरी टोलीलाई दुवै जनालाई मृत्यु भईसकेको अबस्था शव निकालेको प्रहरीले जनाएको छ। तस्विर :राजेन्द्र न्यौपाने

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology