Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखामा आज ५५ जनामा कोरोना पुष्टि : भीमसेनमा मात्रै ३१ जना संक्रमित थपिए


2.9K
Shares

गोरखामा आज ५५ जनामा कोरोना पुष्टि : भीमसेनमा मात्रै ३१ जना संक्रमित थपिए

गोरखा २६ बैशाख । गोरखा जिल्लाको ३ वटा स्थानिय तहमा आज थप ५५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

जिल्लाको पालुङटार नगरपालिका तथा शहिख लखन र भीमसेन थापा गाउँपालिमामा गरी आइतबार थप ५५ जनामा संक्रमण पुष्टी भएको हो ।

संक्रमण देखिएका मध्ये पालुङटार नगरापालिकामा ८ जना महिला र ५ जना पुरुष गरी १३ जना, शहिद लखन गाउँपालिकाको २, ७, ८ र ९ मा गरी ११ जना र भीमसेन थापा गाउँपालिकामा ३१ जना गरी ५५ जनामा संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।

भीमसेन थापा गाउँपालिका १३ महिला र १७ जना पुरुषमा संक्रमण देखिएको हो । जिल्लामा यो सहित २९१ जना संक्रिय संक्रमित रहेको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology