काठमाण्डौ । विश्वकप छनोटको रुपमा रहेको आईसीसी विश्वकप क्रिकेट लिग–२ को चौथो खेलमा नेपालले आज अमेरिकासँग खेल्दैछ । काठमाडौंको कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने खेल बिहान साढे ९ बजेबाट सुरु हुनेछ ।
नेपाल र अमेरिका त्रिकोणात्मक सिरिजमा दोस्रो पटक खेल्न लागेका हुन् । दुवै टोली जित निकाल्दै सिरिजको सुखद अन्त्य गर्न चाहन्छन् । नेपालले सिरिजका ३ खेल मध्य १ मा जित र २ मा हार ब्यहोरेको छ ।
नेपाल दुवै पटक ओमानसँग पराजित भएको छ । पहिलो खेलमा १८ रनले पराजित नेपाल दोस्रो खेलमा ओमानसँग ८ विकेटले पराजित भएको थियो । ओमान भने सिरिजमा चारै खेलमा जित निकाल्दै लिग तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
अमेरिका दोस्रो स्थानमा रहँदा नेपाल पुछारबाट दोस्रो स्थानमा छ ।