Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

माओबादी निकट दुई प्रदेश प्रमुखलाई हटाउन राष्ट्रपति समक्ष सिफारिस


3.5K
Shares

माओबादी निकट दुई प्रदेश प्रमुखलाई हटाउन राष्ट्रपति समक्ष सिफारिस

काठमाडौं २०, बैशाख । नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्र निकट गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुखलाई पदमुक्त गर्न सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।

प्रधानमन्त्री निवास बालुटारमा बसेको मन्त्रिपरिषद् बैठकले गण्डकी प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेश प्रमुख शर्मिला त्रिपाठीलाई हटाउन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको स्रोतले जनाएको छ ।

बैठकले गण्डकीमा नयाँ प्रदेश प्रमुखका रुपमा सीता पौडेल र सुदूरपश्चिममा नयाँप्रदेश प्रमुखको रुपमा गंगाप्रसाद यादवलाई नियुक्तको गरेको बताइएको छ ।

नवनियुक्त प्रदेश प्रमुखको आजै राष्ट्रपति भवन शीतल निवासमा सपथ ग्रहणको कार्यक्रम तय गरिएको स्रोतले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology