गोरखा १९, बैशाख । गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले वडा सदस्यको मृत्युको शोकमा आइतबार गाउँपालिका बन्द गर्ने निर्णय गरेको छ ।
गाउँपालिका अध्यक्ष बिष्णुप्रसाद भट्टले एक शोक वक्तव्य जारी गर्नुहुदै वडा नम्बर ४ का वडा सदस्य प्रेम नेपालीको गएराती भएको असामहिक निधन दुःख व्यक्त गर्दै एक दिन गाउँपालिका कार्यालय र वडा नम्बर ४ को कार्यालय बन्द गर्ने निर्णय गरिएको जानकारी दिनुभयो ।
शोक वक्तव्यमा नेपालीको निधनले गाउँपालिकालाई शोकाकुल बनाएको उल्लेख गर्दै मृतआत्माको चिरशान्तिको कामना सहित शोकसन्तव्द परिवारजनमा समवेदना प्रकट गरिएको छ ।
त्यस्तै वडा सदस्य नेपालीको निधनमा आइतबारदेखि ३ दिनसम्म कार्यालय मातहतका अन्य कार्यालयहरुमा ३ दिनसम्म राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरिएको शोक गाउँपालिका अध्यक्ष भट्टले जानकारी दिनुभयो ।