Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

कोरोना भाइरसविरुद्ध लड्न सक्ने क्षमतामा विश्वस्त हुन चिनिया राष्ट्रपतिको आग्रह


2.9K
Shares

कोरोना भाइरसविरुद्ध लड्न सक्ने क्षमतामा विश्वस्त हुन चिनिया राष्ट्रपतिको आग्रह

एजेन्सी । चिनियाँ राष्ट्रपति सी चिन फिङले कोरोना भाइरसविरुद्ध लड्न सक्ने आफ्नो क्षमतामा विश्वस्त हुन आग्रह गर्नुभएको छ । चीनको वुहान शहरबाट गत डिसेम्बरमा फैलिएको भाइरसका कारण एक हजार भन्दा बढीको मृत्यु भएसकेको छ ।

चीनले भाइरसको महामारी नियन्त्रण गर्न नसकेको भन्दै सर्वत्र आलोचना भइरहेका बेला राष्ट्रपति सीको यस्तो भनाइ आएको हो । यो भाइरसबाट अहिलेसम्म ४२ हजार भन्दा बढी प्रभावित भएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

भाइरसको महामारी नियन्त्रणका लागि विश्व स्वास्थ्य संगठनको विशेष टोलीले चीन पुगेर काम सुरु गरिसकेको छ । भाइरसको संक्रमण विश्वका २५ भन्दा बढी देशमा फैलिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology