Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

मकैपुर आधारभूत बिधालयलाई नगद ५० हजार सहित बालबालिकालाई व्याग र ट्रयाकसुट सहयोग


5K
Shares

मकैपुर आधारभूत बिधालयलाई नगद ५० हजार सहित बालबालिकालाई व्याग र ट्रयाकसुट सहयोग

गोरखा ९, बैशाख । गोरखाको शहिद लखन गाउँपालिका–७ बुङकोट स्थित मकैपुर आधारभूत बिधालयका बालबालिकालाई पोशाक र बिधालयलाई आर्थिक सहयोग प्रदान गरिएको छ । लायन्स क्लब अफ काठमाण्डौं मेट्रो–सिटीले बिधालयका बालबालिकालाई बिहिबार एक कार्यक्रम बिच ट्रयाकसुट, स्कुल व्याग सहित बिधालयलाई नगद समेत सहयोग प्रदान गरेको वडाध्यक्ष शरण श्रेष्ठले जानकारी दिनुभयो ।

वडा कार्यालयको समन्वयमा क्लबले बिद्यालयलाई ५० हजार नगद र बालबालिकाहरुलाई ३२/३२ थान ट्रयाकसुट र स्कुल ब्याग प्रदान गरेको उहाँले बताउनुभयो । कार्यक्रममा क्लबका अध्यक्ष फत्तबहादुर गुरुङ, वडाध्यक्ष श्रेष्ठ, बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष गन्जबहादुर गुरुङ, जोन चियरपरर्सन अच्यूतलाल श्रेष्ठ, लायन्स क्बल अफ गोरखाका अध्यक्ष श्यामबावु श्रेष्ठ तथा क्लबका अन्य पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

क्लबले शहिद लखन गाउँपालिका ७ बुंकोट कोट गाउँका धनबहादुर श्रेष्ठका अपाङ छोराछोरीहरुलाई समेत नगद ३० हजार सहयोग प्रदान गरेको जोन चियरपर्सन श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology