Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

बिकासमा काममा अनियमितता हुन नदिन जनता पनि चनाखो हुनुपर्छ : सांसद अधिकारी


5.8K
Shares

बिकासमा काममा अनियमितता हुन नदिन जनता पनि चनाखो हुनुपर्छ : सांसद अधिकारी

गोरखा ९, बैशाख । गोरखा क्षेत्र नम्बर १ का प्रतिनिधीसभाका सांसद हरिराज अधिकारीले आफ्ना क्षेत्रमा भएका बिकास निर्माणमा अनियमिता हुन नदिन जनता चनाखो हुनुपर्ने बताउनु भएको छ । जिल्लाको शहिद लखन गाउँपालिका–७ काउलेमा निर्माण भएको भंगार खेलकुद मैदानको बुधबार स्थलगत निरीक्षणमा पुग्नु भएका सांसद अधिकारी स्थानीय स्तरमा भइरहेको बिकास निर्माणमा अनियमिता हुन नदिने काम जनताको पनि भएको बताउनुभयो ।

उहाँले आफ्नो निर्बाचन क्षेत्र भित्रका बिकासका लागि सांसदको हैसियतले सक्दो पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । सांसद अधिकारीले राज्यमा रहेका स्रोतसाधनलाई परिचालन गरि तिव्र ढंगबाट बिकास निर्माणको काम अघि बढाउनुपर्छ भन्ने पक्ष आफु सदैव लागि परेको बताउनुभयो । निर्वाचन क्षेत्र पूर्वाधार बिकास कार्यक्रम अन्र्तगत सांसद अधिकारीले उक्त खेलकुद मैदान निमार्णका लागि रु १० लाख रुपैया बिनियोजन गर्नुभएको थियो भने गाउँपालिकाले रु ४ लाख रुपैया बजेट बिनियोजन गरेको थियो ।

सो रकमबाट भएको कामको सांसद अधिकारी आफै स्थलगत अनुगमनमा पुग्नु भएको हो । उक्त रकमबाट त्यहाँ खेलकुद मैदान निर्माणको काम करिब अन्तिम चरणमा पुगेको छ । स्थानीय उपभोक्ता समिति निर्माण गरि खेलकुद मैदान निर्माण भइरहेको छ । कार्यक्रममा सहिद लखन गाउँपालिकाका अध्यक्ष रमेश थापामगर, उपाध्यक्ष इन्दिरा तिवारी, नेकपा माओबादीका जिल्ला कमिटि सदस्य राजन आलेमगर लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology