Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

नयाँ प्रहरी महानिरीक्षकमा ठाकुर ज्ञवाली नियुक्त


2.9K
Shares

नयाँ प्रहरी महानिरीक्षकमा ठाकुर ज्ञवाली नियुक्त

नेपाल प्रहरीको  नयाँ प्रहरी महानिरीक्षकमा ठाकुर ज्ञवाली नियुक्त हुनुभएको छ । आज दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले ज्ञवालीलाई नेपाल प्रहरीको महानिरीक्षक बनाउने निर्णय गरेको जनाइएको छ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको सेवा अवधि आजदेखि सकिएसंगै महानिरीक्षकमा ज्ञवाली नियुक्त हुनुभएको हो ।

खनालसँगै तीन जनै एआइजीले समेत अवकाश पाएपछि प्रहरी नायब महानिरीक्षक (डिआइजी)बाट सरकारले सिधै आइजिपी नियुक्ति गरेको हो । ज्ञवाली खनालकै वैकल्पिक ब्याचका अधिकारी हुनुहुन्छ । आज बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकमा गृहमन्त्री रामबहादुर थापाले ज्ञवालीलाई प्रहरी महानिरीक्षक बनाउने प्रस्ताव निर्णयार्थ पेश गर्नुभएको थियो ।

२०४७ साल असार २५ गते प्रहरी निरीक्षकबाट सेवा प्रवेश गर्नुभएका ज्ञवाली विद्यमान ३० वर्षे सेवाअवधि कायमै रहे पाँच महिना प्रहरी महानिरीक्षकको कुर्सीमा रहनुहुनेछ । एक नम्बर प्रदेशको प्रहरी प्रमुख रहेकै बखत उहाँ तीस वर्षे सेवाअवधिका कारण खनालको ब्याच विदा भएपछि नयाँ प्रहरी महानिरीक्षक बन्नुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology