Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखामा कोरोना संक्रमणबाट ५५ बर्षका एक पुरुषको मृत्यु


3K
Shares

गोरखामा कोरोना संक्रमणबाट ५५ बर्षका एक पुरुषको मृत्यु

गोरखा, ७ बैशाख । गोरखा नगरपालिका–१४ का एक पुरुषको कोरोना संक्रणमबाट आज मृत्यु भएको छ । भारतबाट फर्किएका ५५ बर्षका पुरुषको भरतपुर अस्पतालमा उपचारका क्रममा कोरोना संक्रमणबाट मृत्यु भएको वडाध्यक्ष रामबहादुर खड्काले जानकारी दिनुभयो ।

‘बिहान करिब साढे ११ बजे उपचारका क्रममा मृत्यु भएको पुष्टी परिवारले गरेको छ, वडाध्यक्ष खड्काले भन्नुभयो, मृतकको शव उतै व्यवस्थापनका लागि परिवारका सदस्य अस्पताल पुगेका छन् ।’ बैशाख ४ गते स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि भरतपुर लगिएका ति पुरुषमा सोमबार (हिजो) मात्र कोरोना संक्रमणको पुष्टी भएको थियो ।

भारतमा लामो समयसम्म रोजगारी शिलशिलामा रहेका मृतक केही समय अघि मात्र घर फकिएका वडाध्यक्ष खड्काले बताउनुभयो । कोरोना संक्रमणबाट मृत्यु भए ति पूरुषको संम्र्पकमा आएकाहरुको तत्काल कन्ट्रयाक ट्रेसिङ गरि स्वांब संकलनको तयारी भइरहेको उहाँले जानकारी दिनुभयो ।

संक्रमितको सम्र्पकमा रहेकाहरु सुरक्षित रहन आग्रह गरिएको र आबश्यकता अनुसार स्वांब संकलन गरि परीक्षणका लागि पठाइने गोरखा नगरपालिकाले जनाएको छ ।।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology