Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

गोरखामा चैते दशैका दिन सार्वजनिक बिदा


1.6K
Shares

गोरखामा चैते दशैका दिन सार्वजनिक बिदा

गोरखा ६, बैशाख । गोरखा जिल्लाभर चैते दशैका दिन सार्वजनिक बिदा हुने भएको छ ।  गण्डकी प्रदेश सरकारले चैते दशैँको उपलक्ष्यमा सार्वजानिक बिदा निर्णय गरेपछि जिल्ला भित्र सबै स्थानीय तहमा बिदा सार्वजनिक बिदा हुने भएको छ ।

चैत १७ गतेको मन्त्री परिषदको बैठकले चैते दशैँको अवसरमा बैशाख ७ गते मंगलबार सार्वजनिक विदा दिने निर्णय गरेको गण्डकी प्रदेश सरकारले जनाएको छ । प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले सूचना जारी गर्दै सो दिन प्रदेशभित्रका सम्पूर्ण सरकारी कार्यालय, शैक्षिक संस्था तथा सार्वजनिक संस्थानहरु विदा हुने जनाएको छ ।

यसअघि गोरखा नगरपालिकाले रामनवमीको दिन बैशाख ८ गते गोरखा नगरपालिकाभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरुमा सार्वजनिक विदा दिने निर्णय गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology