Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

कोरोना संक्रमण ह्वात्तै बढ्यो : मंगलबार एकैदिन ५१७ जनामा कोरोना पुष्टी


2.8K
Shares

कोरोना संक्रमण ह्वात्तै बढ्यो : मंगलबार एकैदिन ५१७ जनामा कोरोना पुष्टी

काठमाण्डौं ३१, चैत । पछिल्लो २४ घण्टामा थप ५ सय १७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ३ सय ८६ जनामा गरिएको पीसीआर परीक्षणमा ४ सय ६० जना र ८ सय १७ जनामा गरिएको एन्टिजेन परीक्षणमा ५७ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

यो सँगै नेपालमा कोरोना भाइरस सङ्क्रमितको संख्या दुई लाख ८० हजार ९८४ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमण निको हुनेको संख्या १ सय ५३ रहेको छ । कोरोना भाइरस सङ्क्रमणमुक्त हुनेको संख्या दुई लाख ७४ हजार ३ सय १८ रहेको छ ।

सक्रिय सङ्क्रमितको संख्या ३ हजार ६ सय ८ रहेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या ४ रहेको मन्त्रालयले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology