गोरखा ३०, चैत । नेकपा माओबादी केन्द्र बारपाक सुलिकोट गाउँपार्टीले वडा नम्बर ७ को मुलाबारीमा काग्रेसले शनिबारे पुजाको भोज खान भन्दै बोलाएर केही युवालाई टिका लगाई पार्टी प्रवेशको भ्रम फिजाईको आरोप लगाएको छ ।
गाउँपार्टी कमिटिका अध्यक्ष नरबहादुर गुरुङले एक प्रेस नोट जारी गर्दै चैत्र २८ गते शनिबार बारपाक सुलिकोट–७, मुलाबारीमा केही युवालाई सनसरी पुजाको खान भन्दै बोलाएर टिका लगाई काग्रेसले पार्टी प्रवेशको भ्रम फिजाएको उल्लेख गर्नुभएको छ ।
‘पिकनिकको आयोजना गरि बोका काटी भोज भतेर गरेर सनसरी पुजाको भोज खान भनी त्यस वरपरको सिधा जनतालाई केही काग्रेस कार्यकर्ताहरु मार्फत बोलाउन लगाएर जवरजस्ती टीका लगाउदै माओवादीको ६१ जना कांग्रेस प्रवेश भनी भ्रामक समचार सम्प्रेशण गरेको प्रति हाम्रो पार्टी नेकपा (माओवादी केन्द्र) बारपाक सुलिकोट गाउँपालिका कमिटिको गंभिर ध्यानाकर्षण भएको छ ।’ प्रेस नोटमा भनिएको छ ।
बिज्ञप्तिमा बाख्रा हेर्न गएका, मेलापात गएका तथा घासदाउरा गएका गाउँका सिधा जनतालाई सनसरी पुजाको भोज खान भनी बोलाएर जवरजस्ती कांग्रेस प्रवेश गराउदै माओवादी सकियो भनी हल्ला गर्नु दलाल पुजिपतिहरुको नवसामन्ति प्रवृति भएको उल्लेख गरिएको छ ।
प्रेस नोटमा झुटा आश्वासन र भ्रामक प्रचारको भण्डाफोर गर्न आम बारपाक सुलिकोटबासी जनसमुदायमा हार्दिक अपिल समेत गरिएको छ । साथै उक्त कार्यक्रममा नेकपा माओबादी केन्द्र कुनै पनि तहका नेता कार्यकर्ता काग्रेस पार्टीमा प्रवेश नगरेको भन्दै भ्रम नर्पन भनिएको छ ।