Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

सरस्वती मा.वि आहालेमा अखिल क्रान्तिकारीको ६२ सदस्सीय कमिटी गठन


2.7K
Shares

सरस्वती मा.वि आहालेमा अखिल क्रान्तिकारीको ६२ सदस्सीय कमिटी गठन

गोरखा ३०, चैत । गोरखा नगरपालिका ८ स्थित सरस्वती माध्यमिक बिधालयमा नेकपा माओबादी केन्द्र निकट विधार्थी संगठन अखिल क्रान्तिकारी गठन भएको छ । कक्षा ११ मा अध्यनरत विधार्थी सुमन थापा मगरको अध्यक्षतामा ६२ सदस्यीय कमिटी गठन गरिएको हो ।

नवगठित कमिटीको उपाध्यक्षमा आयुषा अर्याल, भावना कट्टेल , पुष्कर थापा मगर, समिका गुरूङ, एलिना कार्कीलाई चयन गरिएको अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य राजन आलेमगरले जानकारी दिनुभयो ।

सचिवमा बिक्रम राना मगर, कोषाध्यक्षमा रोशन राना मगर, सहसचिवहरूमा सुमन नेपाली , सुमन श्रेष्ठ ,आशिष वराम, चयन भएको केन्द्रीय सदस्य आलेमगरले बताउनु भयो ।

बिधार्थी नेता नवीन घिमिरेले सञ्चालन गर्नु भएको कार्यक्रममा विशेष अतिथि बुद्धिजीवी लाल प्रसाद श्रेष्ठ , विधार्थी नेताहरू सुलभ अंगाई, अनिष अर्याल लगाएतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology