Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

जनबर्गिय संगठनलाई सुदृढ बनाएर लैजानु आबश्यक छ : सहइन्चार्ज तमु


2.3K
Shares

जनबर्गिय संगठनलाई सुदृढ बनाएर लैजानु आबश्यक छ : सहइन्चार्ज तमु

गोरखा २८, चैत । नेकपा माओबादी केन्द्रका गोरखाका सहइन्चार्ज अमर तमुले सवै जनबर्गिय संगठनलाई व्यापक रुपमा बिस्तार गरेर अघि बढ्नु पर्ने बताउनु भएको छ । नेकपा माओबादी केन्द्र शहिद लखन गाउँपालिका वडा नम्बर ७ कोे बिस्तारित बैठकलाई शनिबार सम्बोधन गर्नुहुदै उहाँले यस्तो बताउनु भएको हो ।

सहइन्चार्ज तमुले आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टी संगठित गदैै अघि बढ्नु पनै अहिलेको आबश्यकता रहेको भन्दै अदालतको फैसला पछि माओबादी केन्द्र पुरानै अबस्थामा फर्किएकाले पार्टीलाई थप गतिशिल बनाउनु पर्ने आबश्यकता रहेकोेमा जोड दिनुभयो । नेता तमुले माओबादी केन्द्रको राजनीतिक एजेण्डा देश अघि बढीरहेको भन्दै बर्तमान सरकारको नेतृत्वले देशलाई प्रतिगमन तफै धकेल्दै लैजान खोजेको आरोप लगाउनुभयो ।

चैत महिना भित्र जिल्ला भित्रका सवै वडामा पार्टीको बिस्तारित बैठक सम्पन्न गर्ने योजनामा रहेको माओबादी केन्द्रले वडा नम्बर ७ अन्र्तगत खाब्दी भन्ज्याङमा वडापार्टी कार्यलय स्थापना समेत गरेको वडा इन्चार्ज समेत रहनु भएका जिल्ला कमिटिका सदस्य राजन आलेले जानकारी दिनुभयो । बैठकले वडामा सवै जनबर्गिय संगठन तथा मेर्चाको जिम्मेवारी समेत तोकेको उहाँले बताउनुभयो ।

कार्यक्रममा पार्टीका जिल्ला कमिटीका सदस्य समेत रहनु भएको गाउँपालिका अध्यक्ष रमेश थापामगर, उपाध्यक्ष इन्दिरा तिवारी लगायतले सम्बोधन गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology