Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखामा एमाले नेपाल-खनाल पक्षले तोक्यो स्थानीय तहमा पार्टी अध्यक्ष, सचिव र मेर्चा इन्चार्ज


7K
Shares

गोरखामा एमाले नेपाल-खनाल पक्षले तोक्यो स्थानीय तहमा पार्टी अध्यक्ष, सचिव र मेर्चा इन्चार्ज

गोरखा २७, चैत । नेकपा एमाले नेपाल खनाल पक्षको जिल्ला भित्रका सवै १० वटा स्थानीय तहमा गाउँपार्टी र नगरपार्टी कमिटीको अध्यक्ष र सचिवको जिम्मेवारी तोकेको छ । पार्टी जिल्ला सचिवालयको बिहिबार बैठकले गोरखा नगरपालिकाको अध्यक्षमा सिताराम बुढाथोकी र सचिवमा उदय सिंखडालाई चयन गरेको जिल्ला सचिव सानुमाया बस्नेतले जानकारी दिनुभयो ।

त्यस्तै पालुङटार नगरपालिकाको नगरकमिटीको अध्यक्षमा अमृत काराखेती, सचिवमा चित्रबहादुर केसी, आरुघाट गाउँपार्टी कमिटिको अध्यक्षमा नारायण ध्वज खड्का र सचिवमा राजिब गुरुङ, भीमसेन थापा गाउँपालिका अध्यक्षमा कविता अर्याल र सचिवमा प्रेमकुमार पुडासैनी, बारपाक सुलिकोट गाउँपार्टी कमिटिको अध्यक्षमा दलबहादुर भट्ट र सचिवमा टंक सारुलाई चयन गरिएको छ ।

त्यस्तै धार्चे गाउँपार्टी कमिटिको अध्यक्षमा शेरबहादुर गुरुङ र सचिवमा साने गुरुङ, शहिद लखन गाउँपार्टी अध्यक्ष गणेश थापा र सचिवमा रामचन्द्र पोखरेल, गण्डकी गाउपार्टी कमिटिको अध्यक्षमा निमेन्द्र गुरुङ, सचिवमा उत्तम पन्त, अजिरकोट गाउँपार्टी कमिटको अध्यक्षमा कपिल घले, सिरानचोक गाउँपार्टी कमिटिको अध्यक्षमा तिलकबहादुर बाँनिया चयन गरेको जिल्ला सचिव बस्नेतले बताउनुभयो । त्यस्तै बैठकले पार्टीको बिभिन्न जनबर्गिय संगठनको इन्चार्जको जिम्मेवारी समेत तोकिएको उहाँले जानकारी दिनुभयो ।

जसअन्र्तगत युवा बिधार्थीको इन्चार्जमा द्रोणचार्य तिमिल्सेना, महिला इन्चार्जमा सानुमाया बस्नेत, उत्पिडित क्षेत्रमा रामबहादुर रम्तेल र आर नेपाली, किसान मेर्चामा उदय सिंखडा, जनजातीमा कृष्णमान श्रेष्ठ र टंक सारु, मजुदरमा गणेश गिरी, भूपू सैनिक तथा प्रहरीमा कमल बोगटी, पेशागत र शिक्षक फाँटमा टेकराज भट्ट, खेलकुदमा प्रदिप सिंखडा र मुस्लिममा रजदिन मियाँलाई जिम्मेवारी दिएको पार्टीले जनाएको छ ।

बैठकले यहीँ आउदो बैशाख भित्रमा पार्टीमा बरिष्ट नेता माधबकुमार नेपालको प्रमुख आतिथ्यतमा बृहत कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमको आयोजना गर्ने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology