Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

शहिद लखन गाउँपालिकामा ‘शहिद लखन साहित्य समाज’ गठन


3.2K
Shares

शहिद लखन गाउँपालिकामा ‘शहिद लखन साहित्य समाज’ गठन

गोरखा १४, चैत ।  गोरखाको शहिद लखन गाउँपालिकामा गाउँपालिका स्तरीय “सहिद लखन साहित्य समाज’’ तर्दथ समिति गठन भएको छ । गाउँपालिका भित्र साहित्यक क्षेत्रका बिकासका लागि पालिका भित्र रहेका साहित्य अनुरागीहरुको भेलाले नारायणप्रसाद पोखरेलको संयोजकत्वमा ११ सदस्सीय तर्दथ समिति गठन गरेको हो ।

भेलाबाट समितिको उपाध्यक्षमा जुना रेग्मी, सचिवमा चुडामणी न्यौपाने, सहसचिवमा रमेश कुँवर, कोषाध्यक्षमा रोहिणीप्रसाद खनाललाई चयन गरिएको छ । त्यस्तै सदस्यहरुमा सिताराम ढकाल, केशवप्रसाद ढकाल, सरस्वती लामिछाने, संगम तिवारी र गणेश थापामगरलाई चयन गरिएको छ ।

भेलाले कृष्ण गुरुङ, बिष्णु काप्री र रामचन्द्र अर्याल रहनु भएको ३ सदस्सीय सल्लाहकार समिति समेत गठन गरेको जनाइएको छ । गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापामगरको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology