माघ २७ तनहुँ । तनहुँको भानु नगरपालिकाका इन्जिनियर सुकदेब अधिकारी र वडा न १३ का वडा सदस्य कृष्ण बहादुर अधिकारी घुस सहित अख्तियार दुरुपयोग अनुसंन्धान आयोगको रङगेहात पक्राउ गरेको छ ।
निर्माण सम्पन्न भएको विद्यालय भवनको भुक्तानीका लागि कार्यसम्पन्न प्रतिवेदन बनाइदिए वापत सेवाग्राहीसँग ७५ हजार रुपैयाँ घुस लिई सकेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनीहरुलाई सोमबार पक्राउ गरेको हो ।
बिभिन्नन बाहनामा सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचनाको आधारमा आयोगको कार्यालय पोखराबाट खटिएको टोलीले घुस लिइसकेको अवस्थामा दुबै जनालाई पक्राउ गरेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो ।
नियन्त्रणमा लिईरहेको दुवैमाथी थप अनुसन्धान भईरहेको जनाइएको छ । दुबै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अनुसन्धान अघि बढाएको कोइरालाले बताए ।