Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

गोरखा सदरमुकाममा मेन्स डबल ब्याड्मिन्टन प्रतियोगिता सम्पन्न


4.5K
Shares

गोरखा सदरमुकाममा मेन्स डबल ब्याड्मिन्टन प्रतियोगिता सम्पन्न

गोरखा १३, चैत ।  गोरखा सदरमुकाममा भएको मेन्स डबल ब्याड्मिन्टन प्रतियोगितामा सिनियर तर्फको उपाधी भोलाप्रसाद मरहट्टा र शिशुबाबु प्रधानले जितेका छन् । रोटरी क्लव अफ बज्र मनास्लुको आयोजनामा गोरखा सदरमुकाममा भएको प्रतियोगितामा रमेश थापा र नारायण अछामी जोडीलाई हराउदै प्रधान र मरहट्टको जोडी सिनियर तर्फको बिजेता बन्न सफल भएका हुन् ।

प्रतियोगितामा टोपबहादुर अधिकारी र सुरेन्द्र गुरुङ जोडी तेस्रो भएका छन् । त्यस्तै जुनियर तर्फको मेन्स डबल ब्याड्मिन्टन प्रतियोगितामा कपिल भट्ट र दिपेन्द्र पुन पहिलो भएको आयोजकले जनाएको छ । जुनियर तर्फ प्रदिप कुँवर र गणेश शिलवालको जोडीलाई हराउदै भट्ट र पुनको जोडी पहिलो भएको हो भने जुनियर तर्फ शिबकुमार श्रेष्ठ र रेशम आले मगरको जोडी तेस्रो भएका छन् ।

प्रतियोगितामा बिजयी भएका खेलाडीहरुलाई गोरखा नगरपालिकाका नगरप्रमुख राजनराज पन्तले पुरस्कार प्रदान गर्नुभएको आयोजकले जनाएको छ । क्लवका अध्यक्ष बिष्णु राना मगरको अध्यक्षतामा भएको पुरस्कार बितरण कार्यक्रममा प्रहरी निरीक्षक धर्मबहादुर अधिकारी, गोरखा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिनेशराज पन्त लगायतको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology