सिन्धुली १२, चैत । सिन्धुलीमा ट्याक्टर दुर्घटना परि चालकको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटना अन्य दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी मनोज लामाले जानकारी दिनुभयो ।
प्रदेश २ ०३(००१ त १८७५ नम्बरको ट्याक्टर दुर्घटना परेको हो । सो क्रममा दुधौली नगरपालिका१३ ठाकुरदमारका २५ वर्षीय इन्द्रबहादुर खड्काको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
ट्याक्टर भीरमा दुर्घटना भएको र शव निकाल्न कठिनाई भएको बताइएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । फाइल फोटो