Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

कमला न्यौपानेको कविता कृति “जङ्गलको यात्रा” बिमोचित


9.7K
Shares

कमला न्यौपानेको कविता कृति “जङ्गलको यात्रा” बिमोचित

काठमाण्डौ ८ , चैत । कवि तथा गीतकार कमला न्यौपानेको कविता कृति जङ्गलको यात्रा गत आईतबार एक भर्चुअल कार्यक्रमका बीच बिमोचन भएको छ । मधुवन साहित्यिक प्रतिष्ठान, नेपालले प्रकाशन तथा आयोजना गरेको उक्त कार्यक्रममा कवि तथा गीतकार डा. नवराज लम्साल, कवि तथा कथाकार बिना थिङ र कवि राधिका कल्पितले संयुक्त रुपमा बिमोचन गर्नु भएको हो ।

बिमोचनमा कृतिबारे बोल्दै डा. लम्सालले पहिलो कृति भएर पनि यतिको शसक्त हुनु निकै ठूलो कुरा भएको बताउनु भयो । उहाँले भन्नुभयो, -‘यो कृतिले कमला न्यौपानेलाई नेपाली कविताको मूल सडकमा ल्यायो । अब निरन्तर हिँड्नु पर्नेछ र यात्रा पूरा गर्नुपर्नेछ । यो यात्रा पूरा गर्न कमला न्यौपाने सक्षम देखिनु हुन्छ ।” उहाँले आगामी दिनमा दार्शनिक चेत सहित लेख्न सके कविताको जिवन्त हुने समेत बताउनु भयो ।

कवि तथा कथाकार बिना थिङले आफूले पछिल्लो समय आख्यान गैह्रआख्यानका किताबहरू पढिरहेको र लेखिरहेको तर यो कविता कृति पढेपछि पुन कवितामै फर्किन जोश मिलेको बताउनु भयो । केही कविता उद्दरण गर्दै उहाँले एकदमै नया बिम्ब र सरल कविता भएको एक सुन्दर कृतिको रुपमा जङ्गलको यात्रालाई ब्याख्या गर्नुभयो ।

तेस्तै कवि राधिका कल्पितले आख्यानात्मक शैलीमा लेखिएका सरल तर असाध्यै राम्रा कविताहरू सङ्ग्रहित भएको कृति भन्नुभयो । संस्थाका अध्यक्ष तथा कार्यक्रमका सभाअध्यक्ष जीवन खत्रीले कृतिका लागि निकै मेहनत गरेकाले प्रतिकृया राम्रो हुने विश्वास व्यक्त गरे । कल्पना तामाङले सञ्चालन गरेको भर्चुअल कार्यक्रममा स्रष्टाले समेत खुसी व्यक्त गर्नुभयो । मधुवन साहित्यिक प्रतिष्ठान, नेपालले प्रकाशन गरेको कृतिलाई कवि जीवन खत्रीले सम्पादन गरेका हुन् ।

कृतिमा यथार्थको धरातल, पसिनाको निलो, समुन्द्र पारि र प्रेमको फूल गरि चार उपशिर्षकमा बिभाजन गरिनुका साथै प्रत्येक उपशिर्षकमा आर्टहरू समेत समावेश गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology