Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

बर्तमान सरकारले देशको शिर झुकाउने कुनै काम गर्दैन : नेकपा प्रबक्ता श्रेष्ठ


3.5K
Shares

बर्तमान सरकारले देशको शिर झुकाउने कुनै काम गर्दैन : नेकपा प्रबक्ता श्रेष्ठ

गोरखा २८, माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रबक्ता नारायणकाजी श्रेष्ठले बर्तमान सरकारले राष्ट्रियता स्वाधिनता र सार्वभौमसत्तालाई कमजोर बनाउने कुनैपनि काम सरकारले नगर्ने बताउनु भएको छ । गोरखा नगरपालिका–९ लक्ष्मीबजारमा सोमबार आयोजित श्री महालक्ष्मी माध्यामिक बिधालयको बार्षिक उत्सव कार्यक्रमलाई सम्बोधन गर्नुहुदै उहाँले सरकारले देशको शिर भुक्ने काम कहिल्यै नगर्ने बताउनु भएको हो ।

‘सारा एसिया र बिश्वका बिभिन्न ठूला–ठूला शक्तिशाली भनिएका देशहरु समेत अरु देशकोउपनिबेशिक हुदा समेत नेपालका हाम्रा पुर्खाहरुले हाम्रो देशलाई कहिल्यै अरुको उपनिबेशिक हुन दिएनन्, उहाँले भन्नुभयो, सधै सार्वभौम सम्पन्न, स्वाधिन राष्ट्रका रुपमा बचाइराख्नु भयो, अब हाम्रो पुस्ताले पनि त्यसलाई कमजोर हुन दिनेछैन ।’

पुर्खाले जोगाएको स्वाभिमानको रक्षा गर्न बर्तमान सरकार र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दृढ रहेको भन्दै उहाँले अहिले पनि नेपालको राष्ट्रियताको रक्षा गरेर सरकार अघि बढ्ने बताउनुभयो । ‘नेपालकोे सार्वभौमसत्तालाई रक्षा गरिने छ, सदृढ गरिनेछ, प्रबक्ता श्रेष्ठले भन्नुभयो, ‘सार्वभौमसत्ताको रक्षाका लागि जनता एक भएजस्तै सवै राजनीतिक पार्टी पनि एक भएर अघि बढ्नुपर्छ ।’

उहाँले अहिलेकोे निर्वाचन प्रणाली भड्किलो निर्वाचन भएकाले यसले लोकतन्त्रलाई बलियो बनाउन नसक्ने भन्दै त्यसमा समिक्षा गर्ने बेला आएको बताउनुभयो । ‘लोकतन्त्र सहि ढंगले ल्यायौ, लोकतान्त्रिक परिपार्टी ठिकै छ, तर यो चुनाव प्रणाली अत्यन्तै खर्चिलो हुदैछ, निर्वाचनमा करोडौ करोड खर्च गर्ने दिशा तिर एउटा संस्कारको बिकास गर्दैछ, उहाँले भन्नुभयो, यसो भयो भने लोकतन्त्र बास्तबिक लोकतन्त्र हुदैन, बास्तबिक जनप्रतिनिधि चुनिन नसक्ने खतरा पैदा भएर जान्छ ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology