Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

कर्णाली प्रदेशमा एमाले ओली पक्षद्धारा मुख्यमन्त्री बिरुद्ध अबिस्वासको प्रस्ताव पेश


4.1K
Shares

कर्णाली प्रदेशमा एमाले ओली पक्षद्धारा मुख्यमन्त्री बिरुद्ध अबिस्वासको प्रस्ताव पेश

काठमाण्डौ ४, चैत । नेकपा एमालेले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । एमाले संसदीय दल कर्णाली प्रदेशको बुधबार बसेको बैठकले माओवादी केन्द्रलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । एमाले र माओवादी केन्द्र नेकपामा एकीकरण हुनुअघि एमालेको समर्थनमा माओवादी केन्द्रबाट महेन्द्रबहादुर शाही मुख्यमन्त्री बन्नुभएको थियो ।

सर्वोच्च अदालतले पार्टी एकीकरणलाई खारेज गरेर एमाले र माओवादी केन्द्रकै अवस्थामा बिउँताइदिएपछि अहिले एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको एमालेका सचेतक गुलावजङ्ग शाहले जानकारी दिनुभयो । कर्णाली प्रदेश सरकारमा एमालेबाट तीन जना मन्त्री छन्, उनीहरूलाई पनि फिर्ता हुन निर्देशन दिइको उहाँले जानकारी दिनुभयो ।

बैठकमा १९ एमालेका सांसदमध्ये १० जना सहभागी भएका थिए । एमालेले भोलि चैत ५ गतेबाट लागू हुने गरी सरकारको समर्थन फिर्ता लिने निर्णय गरेको हो । एमालेको संसदीय दलका नेता यामलाल कँडेलले आफ्नो पार्टीले समर्थन झिकेसँगै सरकार काम चलाउमा परिणत हुने बताउनुभएको छ एमालेले समर्थन फिर्ता लिएसँगै शाहीको पद धरापमा परेको छ ।

कर्णालीमा सरकार बनाउन २१ जना सांसद आवश्यक पर्छ । तर एमालेको माधव नेपाल पक्षले भने कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता नलिएको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology