Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

प्रचण्डलाई ओलीको फोन : एक पटक भेट गरौं न कमरेड !


6.4K
Shares

प्रचण्डलाई ओलीको फोन : एक पटक भेट गरौं न कमरेड !

काठमाण्डौं २, चैत । नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाई प्रधानमन्त्री समेत रहनु भएको नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले भेटको प्रस्ताव गर्नुृभएको छ । लामोसमय देखि बोलचाल बन्द रहेको प्रचण्डलाई प्रधानमन्त्री ओलीले सोमबार बिहान फोन गरेर भेटको प्रस्ताव गर्नुभएको प्रचण्ड निकट एक नेताले जानकारी दिए ।

‘उहाँले भेटौ कुरा गरौं भनेर प्रस्ताव गर्नुभएको छ । प्रचण्ड कमरेडले भेट्न त के भयो र भेटौंला तर अहिले म बैठकमा छु भन्नु भएछ,’ दाहालनिकट ती नेताले भने, ‘त्यसपछि उहाँ (ओली) ले बिहान बेलुका समय मिलाएर भेटौँ न भन्नु भएछ । त्यसपछि प्रचण्ड कमरेडले पार्टी अलग अलग भएपछि अब के कुरा छ र भन्‍नुभयो ।’

ओलीले भने दाहालसँग आफूले केही कुरा गर्न चाहेको बताउनुभएको थियो। ‘तपाईंको कुरा तपाईसँग हुन्छ, मेरो कुरा मैसँग हुन्छ । मैले भनेको कुरा तपाईंले मान्नु पर्छ भन्ने पनि छैन, तपाईंले भनेका कुरा मैले मान्नु पर्छ भन्ने पनि छैन । तर म केही कुरा गर्न चाहन्छु,’ ओलीले दाहालसँग भन्नुभएको थियो । प्रचण्ड र ओली बिच पुस १५गते यता कुराकानी भएको थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology