Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

देशका पहाडी भेगमा मौसम बदली हुने


4.9K
Shares

देशका पहाडी भेगमा मौसम बदली हुने

काठमाण्डौं २, चैत । जल तथा मौसम पूर्वानुमान महाशाखाले सोमबार बिहान पहाडी भेगमा मौसम आंशिकदेखि सामान्यसम्म बदली रहने बताएको छ । महाशाखाले जारी गरेको सूचना अनुसार आज देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने र पहाडी भेगमा मौसम बदली रहनेछ । महाशाखाले जारी गरेको सूचनामा सोमबार दिउँसो पनि समग्रमा मौसमको अवस्था सामान्यदेखि बदली रहने उल्लेख गरिएको छ ।

तर, पहाडी भेगका एक दुई स्थानमा मेघगर्जन-चट्याङसहित हल्का वर्षा हुने सम्भावना पनि रहेको बताइएको छ । यस्तै आज राति भने कर्णाली, गण्डकी र प्रदेश नं १ को पहाडी भेगका एक दुई स्थानमा त्यस्तै किसिमको वर्षा हुने सम्भावना देखिएको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार भोलि दिउँसो पहाडी भेगमा आंशिक बदली रही देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने सम्भावना छ ।

तर पहाडी भेगका एक दुई स्थानमा मेघगर्जन-चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ । कर्णाली प्रदेश, प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन-चट्याङ÷हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology