Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

महिला उद्यमी गोरखाको अध्यक्षमा श्रेष्ठ


3.2K
Shares

महिला उद्यमी गोरखाको अध्यक्षमा श्रेष्ठ

गोरखा १ चैत । गोरखा उद्योग बाणिज्य संघ महिला उद्यमी बिकास समितिको जिल्ला अध्यक्षमा सुशिला श्रेष्ठ सर्व सम्मत चयन हुनुभएको छ। शनिबार सम्पन्न संघको चौधो अधिबेशनले श्रेष्ठ सर्वसम्मत अध्यक्षमा चयन हुनुभएको हो । नवगठित समितिको उपाध्यक्षमा सुस्मा श्रेष्ठ, सचिवमा जुनाकुमारी विश्वकर्मा र कोषाध्यक्षमा रिता श्रेष्ठ चयन हुनुभएको छ ।

त्यस्तै गरी सह कोषाध्यक्षमा रुपा गुरुङ र सदस्यहरुमा कल्पना श्रेष्ठ, विमा गुरुङ, सुकु राना, सरिता मास्के, रञ्जु घिमिरे र र्सिजना पाण्डे चयन भएको निर्वाचन समितिका सदस्य दिपेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । रिता रेग्मीको अध्यक्षमा भएको अधिवेशनमा गोरखा नगरपालिका मेयर राजनराज पन्तको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा गोरखा नगरपालिका उप मेयर बिनाकुमारी श्रेष्ठ, गोरखा उद्योग बाणिज्य संघका अध्यक्ष जिवनज्योति श्रेष्ठ, निर्वतमान अध्यक्ष श्रवणकुमार जोशी र महिला उद्यमीका संस्थापक अध्यक्ष देवु मास्केले शुभ कामना मन्तब्य राखेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology