गोरखा २७, माघ । किशोरीलाई बेचबिखन गर्न खोजेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाले जिल्लाको सिरानचोक गाउँपालिका–७ तल्लो गोहोरेका ७१ बर्षिय भीमबहादुर ढकाल र सोही ठाँउका ३९ बर्षिय रामबाबु दूतराजलाई पक्राउ गरेको हो ।
यहि माघ २४ गते ललाई फकाई किशोरीलाई बिक्रि लागि लगेको र बालिकाहरुले शंका लागि भागेर घर फकिएपछि घटना सार्वजनिक भएको गोरखाका प्रहरी नायवउपरीक्षक वासुदेव खतिवडाले जानकारी दिनुभयो ।
‘ एक किशोरीलाई भिडियोमा खेल्न राम्रो कमाई हुन्छ भनेर २३ गते भिडियो समेत खिचेर २४ गते चितवनतर्फ लगेका रहेछन्, उहाँले भन्नुभयो, पछि उनी आफैलाई भागेर घर फर्किएर आमालाई घटना बारे जानकारी गराएपछि सवै थाहा भयो ।’
पिडित किशोरीकी आामाले आफन्तसँगको सल्लाहमा ढकाल र दूतराजविरुद्ध प्रहरीमा जाहेरी दिएपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक खतिवडाले बताउनुभयो । ‘कक्षा ९ मा अध्ययनरत बालिकालाई तिम्रो हाइट पनि रहेछ, हत्केला पनि राम्रो छ, चितवन गयौ भने भाग्य चम्किन्छ, एक करोड रुपैया पाउछौ भनेर लगेको पाइयो’ उहाँले भन्नुभयो ।
पिडित परिवारले दिएको जाहेरीको आधारमा घटनामा संलग्न दुवै जनालाई पक्राउ गरि जिल्ला अदालतबाट ७ दिनेको म्याद थप गरि अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
अभियुक्तहरुलाई गाउँबाटै प्रक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरु बिरुद्ध बेचविखन तथा मानव ओसारपसार कसूर अन्तर्गत प्रहरीले अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।