गोरखा २७, फागुन । नेपाल पत्रकार महासंघ गोरखा शाखाका अध्यक्ष किशोरजंग थापा सामुदायिक रेडियो प्रशारक संघ (अको¥याब) को महासचिवमा सर्वसम्मत चयन हुनु भएको छ । यही फागुन २५ गतेदेखि सुरु भएको संघको सातौं महाधिबेशनबाट थापा महासचिवमा सर्वसम्मत चयन हुनुभएको हो ।
देशभरका सामुदायिक रेडियोहरु छाता संगठनको रुपमा रहेको संघको बुधबार राती सम्पन्न निर्वाचनमा थापाले नेपाल प्रेस युनियन, चौतारी र प्रेस मन्च नेपालको संयुुक्त प्यानलबाट महासचिव पदको उमेद्वार बन्नु भएको छ । उक्त प्यानलमा युनियनबाट नै बागी उमेद्वार रहनु भएका तुला अधिकारीले आफ्नो उमेद्वारी फिर्ता लिनुभएपछि थापा महासचिव पदमा सर्वसम्मत बन्नु भएको थियो ।
नेकपा माओबादी केन्द्र निकट प्रेस सेन्टर नेपाल भने उक्त महाधिबेन अबैधानिक ढंगले सञ्चालन गरेको भन्दै निर्वाचनको कुनै पनि कार्यक्रममा सहभागी भएन ।