Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

सेती नदीको खोचमा फसेको कुकुरलाई बचाउन खोज्दा युवक आफै फसेपछि……


1.5K
Shares

सेती नदीको खोचमा फसेको कुकुरलाई बचाउन खोज्दा युवक आफै फसेपछि……

पोखराको सेती नदीको खोचमा अड्किएका १ जनालाई यही माघ २७ गते नेपाल प्रहरीको उद्दार समूहले सकुशल उद्दार गरेको छ ।

पोखरा महानगरपालिका वडा नम्बर ९ पार्वती टोल स्थित रहेको सेती नदीको खोचमा आफ्नो कुकुर अड्किएपछि उक्त कुकुरलाई बचाउन लाग्दा सोही स्थान बस्ने वर्ष २३ का आकाश गुरुङ खोचमा खस्नु भएको थियो ।

खोचमा खसेका गुरुङलाई स्थानीयहरूले देखेपछी प्रहरीलाई खबर गरे पश्चात तत्कालै गण्डकी प्रदेश सशस्त्र प्रहरी गण पोखराको उद्दार समूह र वडा प्रहरी कार्यालय वैदाम कास्कीको प्रहरी टोली उक्त स्थानमा उद्दारको लागि खटिएको थियो ।

प्रहरीले गुरुङलाई उक्त खोचमा अड्किएको देखेपछि खोचबाट सकुशल उद्दार गरेको जनाएको छ। उद्दार गरिएका गुरुङको अवस्था सामान्य रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology