Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

जनयुद्धका शहिद, बेपत्ता परिवार, घाइते र पुर्णकालिन कार्यकतालाई गण्डकी गाउँपालिकाको सम्मान


3.5K
Shares

जनयुद्धका शहिद, बेपत्ता परिवार, घाइते र पुर्णकालिन कार्यकतालाई गण्डकी गाउँपालिकाको सम्मान

गोरखा २१ फागुन । गोरखाको गण्डकी गाउँपालिका वडा नम्बर ७ र ८ ले १० बर्षे जनयुद्धमा योगदान पु¥याएका घाइते, शहिद, बेपत्ता परिवार र पूर्णकालिन कार्यकर्तालाई सम्मान गरेको छ । बर्तमान राजनीतिक उपलब्धी तथा ऐतिहासिका संबिधानसभा मार्फत प्राप्त नेपालको नयाँ संबिधान जनयुद्धकै जगमा प्राप्त भएको भन्दै दुवै वडा कार्यालयले जनयुद्धमा सहभागी भएका वडा भित्रका पूर्णकालिन कार्यकर्ता, जनयुद्धका क्रममा शहादत प्राप्त गरेका शहिदका परिवार, घाइते तथा बेपत्ता परिवारलाई शुक्रबार सम्मान गरेको हो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का जिल्ला अध्यक्ष लेखबहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा दुवै वडाका गरि करिब १५० जना भन्दा बढी परिबर्तनका लागि जनयुद्धमा होमिएका शहिदका परिवार, घाइते, बेपत्ता परिवार, लगायतलाई सम्मान गरिएको नेकपाका जिल्ला कार्यालय सदस्य अंकुर तिमेल्सिना (आयाम) ले जानकारी दिनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुदै गण्डकी प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री समेत रहनु भएका नेकपाका जिल्ला अध्यक्ष लेखबहादुर थापाले परिवर्तनका लागि महान् जनयुद्धले खेलेको भूमिकालाई कसैले मेट्न खोज्दैमा नमेटिने बताउनुभयो । नेपालको राजनीतिक सामाजिक, सांस्कृतिक परिवर्तनका लागि १० बर्षे जनयुद्धले बाटोको कोरेको उल्लेख गर्नुहुदै उहाँ अहिले प्राप्त सवै खालका उपलब्धी जनयुद्धका र त्यसको जगबाट सृजित उपलब्धी भएको बताउनुभयो ।

उहाँले वडा कार्यालयले नै जनयुद्धका शहिद, बेपत्ता परिवार, घाइते तथा जेल जिवन बिताएका तथा पूर्णकालिन कार्यकर्तालाई सम्मान गर्नु जनयुद्धकै बास्तविक सम्मान पनि भएको बताउनुभयो । कार्यक्रममा बोल्दै गण्डकी गाउँपालिकाका अध्यक्ष होमबहादुर रानाले जनयुद्धले नेपालको राजनीतिक परिवर्तनमा महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।

कार्यक्रममा नेकपा गण्डकी गाउँपालिका इन्चार्ज एवम गण्डकी प्रदेश कमिटिका सदस्य दिपक तिमेल्सिना (साकार) जनयुद्धका क्रममा जेल पर्नुभएका स्थानीय नेता शिव रेग्मी, बेपत्ता हुनुभएका ज्ञानबहादुर गुरुङका छोरा, बुद्धिजिवी बासुदेव रेग्मी लगायतले सम्बोधन गर्नुभएको थियो । वडा नम्बर ७ को कार्यालयमा वडाध्यक्ष तुलसी रेग्मीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको कार्यक्रम वडा नम्बर ८ का वडाध्यक्ष रामप्रसाद रेग्मीले सञ्चालन गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology