Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

वन्यजन्तु तस्करीमा एम्बुलेन्सको प्रयोग, चालक र एम्बुलेन्स प्रहरी नियन्त्रणमा


4.8K
Shares

वन्यजन्तु तस्करीमा एम्बुलेन्सको प्रयोग, चालक र एम्बुलेन्स प्रहरी नियन्त्रणमा

दार्चुला, २७ माघ । जंगली जनावरको तस्कर्रीमा एम्बुलेन्स प्रयोग भएको पाइएको छ । बैतडीको डिलाशैनी गाउँपालिकाको सुदूरपश्चिम प्रदेश ०१ ००१ झ ३४६ नम्बरको एम्बुलेन्समा मृत जंगली जनावर फेला परेको इलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रहरी निरीक्षक खगेन्द्र साउँदले बताउनु भयो ।

बैतडीबाट दार्चुलाको गोकुलेश्वर प्रबेश गर्ने बेला इलाका प्रहरी कार्यालय गोकुलेश्वरको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा एम्बुलेन्स भित्र मृत जंगली जनावर फेला परेको प्रहरी निरीक्षक साउँदले बताउनु भयो । ‘डिलाशैनी गाउँपालिकाको एम्बुलेन्समा शंका लागि चेकजाँच गर्दा जंगली जनावर फेला परेको हो, हरिण हो वा चित्तल हो भन्ने बारे वनले छुट्याउला, हामीले नियन्त्रणमा लिएका छौँ’ प्रहरी निरीक्षक साउँदले भन्नुभयो ।

नियमित चेकजाँच गरिरहेको र शंका लागेर एम्बुलेन्स चेकजाँच गर्दा एम्बुलेन्स भित्र जंगली जनावर फेला परेको प्रहरी निरीक्षक साउँदले बताउनु भयो । केही महिना अघि मात्रै सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले सुदूरपश्चिम प्रदेशभरीका विभिन्न जिल्लालाई प्रदान गरेको एम्बुलेन्समध्ये कै एम्बुलेन्स हो ।

डिलाशैनी गाउँपालिकाको एम्बुलेन्स हो भनि प्रमाणित भएपनि कुन स्वास्थ्य चौकीको एम्बुलेन्स हो भनि नखुलेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology