Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखाको स्थानीय तहमा भोली सार्वजनिक बिदा


4.6K
Shares

गोरखाको स्थानीय तहमा भोली सार्वजनिक बिदा

गोरखा १३, फागुन । गोरखाको एक स्थानीय तहले यहीँ फागुन १४ गते भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । जिल्लाको बारपाक सुुलिकोट गाउँपालिकाले जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलको स्मृति दिवसको अबसरमा गाउँपालिका भित्र सार्वजनिक बिदा दिने निर्णय गरेको अध्यक्ष बिष्णुप्रसाद भट्टले दिनुभयो ।

दश बर्षे माओवादी शसस्त्र द्धन्द्धमा २०५२ साल फागुन १४ गते रम्तेलको प्रहरीको गोली लागि ज्यान गएको थियो। जनयुद्धका प्रथम सहित रम्मेतको जन्मथलो समेत रहेका उनको सम्झना सम्मानमा गाउँपालिकाले सार्वजनिक बिदाको घोषणा गरेको उहाँले बताउनुभयो ।

जनयुद्ध सुरु भएको दुई हप्तामै प्रहरीले ११ वर्षीय विद्यार्थी दिलबहादुर रम्तेलको हत्या गरेको थियो । गोरखा पन्द्रङ्‍गका रम्तेल प्रहरीले गिरफ्तार गरेका शिक्षकलाई छुटाउन धर्नामा सहभागी भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology