Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

जसपा गोरखाले गर्यो बिज्ञप्ति मार्फत संसद पुनस्थापनाको स्वागत


6K
Shares

जसपा गोरखाले गर्यो बिज्ञप्ति मार्फत संसद पुनस्थापनाको स्वागत

गोरखा १३, फागुन । जनता समाजबादी पार्टी गोरखाले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको असंबैधानिक कु को बिपक्षमा अदालतले गरेको फैसलाको बुधबार स्वागत गरेको छ । पार्टीका जिल्ला सचिव बिपिनचन्द्र ढकालद्धारा हस्ताक्षरित एक प्रेस बिज्ञप्तिमा जसपा गोरखाले सर्वोच्च अदालतको फैसला प्रति आफ्नो पार्टीले स्वागत गरेको भन्दै अदातल प्रति उच्च सम्मान समेत प्रकट गरेको छ ।

पौष ५ गतेको प्रधानमन्त्रीको कदमबाट जनताको प्रतिनिधिमुलक सभा र असंबैधानिक तथा अलोकतान्त्रिक ढंगले गरिएको संसद बिघटन पश्चात देशमा एक खालको अन्यौलता अर्कमण्यता तथा प्रतिगमनको आभास दिएको थियो, बिज्ञप्तिमा भनिएको छ, त्यसलाई चिर्दै न्यायिक निकाय सर्वोच्च अदालतले जनताको भावना अनुसार गरेको फैसला प्रति हाम्रो स्वागत र उच्च सम्मान छ ।’

बिज्ञप्तिमा जसपाले संसद पुनस्थापनका लागि बिभिन्न सर्घषको मेर्चामा जुटेर आन्दोलनलाई सार्थक परिणाममा पु¥याउन सहयोग पु¥याउनु हुने आमजनता तथा सवै राजनीतिक पार्टी, सामजिक अगुवा लगायतलाई पनि धन्दबाद दिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology