गोरखा २६, माघ । गोरखा नगरपालिका–६ हरमटारीमा रहेको श्री सिद्धि गणेश बचत तथा त्रृण सहकारी सस्था लिमिटडले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत सामुदायिक बिधालयलाई बाटर फिल्टर प्रदान गरेको छ । सहकारीले बिधालयमा आज एक कार्यक्रमको आयोजना गरि बिधार्थीहरुलाई स्वच्छ खानेपानी सुबिधा प्राप्त होस् भन्ने उद्देस्यले फिल्टर उपलब्ध गराएको प्रबन्धक गणेश श्रेष्ठले जानकारी दिनुभयो ।
हरेक बर्ष सामाजिक उत्तरदायित्वको शिर्षकमा बिभिन्न कार्यक्रम गर्दै आएको सहकारीले यो बर्ष सामुदायिक बिधालयमा फिल्टर उपलब्ध गराएको उहाँले बताउनुभयो । त्यस्तै सहकारीले आजै आफ्नो स्थापना दिवसको अबसरमा उत्कृष्ट कर्मचारीलाई तथा शेयर सदस्यका छोराछोरीहरु मध्ये एसईई परीक्षामा उत्कृष्ट अंक ल्याउन सफल बिधार्थीलाई सन्मान तथा पुरस्कृत गरेको प्रबन्धक श्रेष्ठले जानकारी दिनुभयो ।
सन्मानित हुने कर्मचारीमा मुनु जोसी रहनु भएको छ भने बिधार्थीमा रोसिक के.सी रहनु भएको सहकारीले जनाएको छ । बि.स २०६७ सालमा स्थापना भएको सहकारीमा हाल कुल १८ करोड ६ लाख कुल पुँजी रहेको छ । २७ जना शेयर सदस्यबाट शुरु भएको सहकारीमा अहिले १ हजार ३ सय शेयर सदस्य रहेको प्रबन्धक श्रेष्ठले जानकारी दिनुभयो ।
सहकारीले स्थापना दिवसको अबसरमा आजैदेखि शेयर सदस्यहरुका लागि बिजुली पानीको बिल तिर्न, व्यालेन्स ट्रान्सफर गर्नका लागि मोवाईल एप्स समेत सञ्चालनमा ल्याएको छ ।