Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

ओली सरकार बिरुद्ध दलहरु बिच संयुक्त आन्दोलनको संकेत


3.2K
Shares

ओली सरकार बिरुद्ध दलहरु बिच संयुक्त आन्दोलनको संकेत

काठमाण्डौ २२, माघ । नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्भवतः फागुन पहिलो साताबाट संयुक्त आन्दोलन हुने बताउनुभएको छ । संवैधानिक निकायहरुमा भएको नियुक्तिको विरोध गर्दै आफ्नो समूहले आह्वान गरेको आमहड्तालका क्रममा प्रचण्ड सातदोबाटो चोकमा पुगेर नाराबाजी समेत गर्नुभयो ।

त्यसक्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले हड्ताल आफूहरुको बाध्यता भएको बताउनुभयो । सरकारले बलमिच्याई गरेर संवैधानिक निकायहरुमा नियुक्ति गरेकाले त्यसबारे जनतालाई जानकारी दिन सडकमा आउनु परेको उहाँले बताउनुभयो ।

यो लोकतन्त्र र लोकतन्त्र विरोधीको लडाइँ भएको भन्दै उहाँले यस्तो नभइदिए हुन्थ्यो भन्ने जनताको भावना आफुहरुले बुझेको तर कहिले काँही यस्तो बाध्यात्मक अवस्था आउने बताउनुभयो । संसद विघटन र संवैधानिक निकायमा भएको नियुक्तिको सबैले विरोध गरेको भन्दै प्रचण्डले अब अझ सशक्त आन्दोलन हुने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology