काठमाण्डौ २१, माघ । काठमाडौं २१, माघ । निर्वाचन आयोगले आगामी वैशाख १७ र २७ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि ७ अर्ब ७ करोड ९४ लाख ८० हजार रुपैयाँ अर्थ मन्त्रालयसँग माग गरेको छ। आयोगको मंगलबार बसेको बैठकले उक्त रकम माग गर्ने निर्णय गरेको थियो। सोही अनुसार आज आयोगले एक पत्र पठाई अर्थ मन्त्रालयसँग रकम माग गरको जनाएको छ।
“निर्वाचन सञ्चालन र व्यवस्थापनका लागि आवश्यक पर्ने ७ अर्ब ७ करोड ९४ लाख ८० हजार रुपैयाँ निकासाको लागि निर्वाचन आयोग ऐन, २०७३ को दफा २७ र २८ अनुसार नेपाल सरकार, अर्थ मन्त्रालयमा लेखि पठाउने भनी आयोगबाट माघ २० मा निर्णय भएको हुँदा सो अनुसार अर्थ मन्त्रालयमा पत्राचार भएको छ,” आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
कोभिड १९ को महामारीका कारण त्यससँग सम्बन्धित सुरक्षा सतर्कताका लागि ३७ करोड ४१ लाख ७४ हजार रुपैयाँ माग गरिएको छ।निर्वाचनको काममा आयोगका ७७ वटै जिल्ला निर्वाचन कार्यालय, १६५ निर्वाचन अधिकृतको कार्यालय र मतदान केन्द्रमा न्यूनतम संख्यामा कमचारी खटाउने व्यवस्था गरिएको आयोगले बताएको छ।