Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

प्रचण्ड–नेपाल समूहले ग¥यो बन्द हड्ताल सहितको आन्दोलनको घोषणा


7K
Shares

प्रचण्ड–नेपाल समूहले ग¥यो बन्द हड्ताल सहितको आन्दोलनको घोषणा

काठमाण्डौ २१, माघ । प्रचण्ड–नेपाल समूहको नेकपाले सरकारले संवैधानिक पदहरूमा गैरकानुनी नियुक्ति गरेको विरोधमा सशक्त आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । संवैधानिक निकायका पदाधिकारीलाई जबरजस्ती ढंगमा शपथ गराइएपछि सचिवालय बैठकले आन्दोलनका कार्यक्रम थप सशक्त निर्णय गरेको हो ।

आज पत्रकार सम्मेलन गर्दै नेपाल–नेपाल समूहले बन्द हडताल लगायतका कार्यक्रम सार्वजनिक गरेको छ । यस अन्तर्गत भोलि बिहीबार देशव्यापी हडताल आयोजना गरिएको नेतृ पम्फा भुसालले जानकारी दिनुभयो । आज साँझ पार्टीले काठमाडौंमा मसाल जुलुस निकाल्ने तयारी पनि गरेको छ ।

देश आन्दोलनमै रहेको अवस्थामा सरकार र राष्ट्रपति मिलेर बलमिच्याइँ पूर्वक संवैधानिक परिषदमा पदाधिकारी नियुक्त गरी शपथ गराइएको, सभामुखलाई संवैधानिक परिषद् बैठकमा नबोलाइएको र संसदीय सुनुवाइ नै नगरी नियुक्ति गरिएको भन्दै समूहले विरोध गरेको हो । पार्टीले सरकारको कदम खारेजीको माग गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology