काठमाण्डौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले तेस्रो दिन पनि प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेको छ। आइतबार दिउँसो १ः४५ बजेबाट सुरु भएको बैठक प्रतिनिधिसभाको बैठक सभामुखले आरम्भ भएको घोषणा गर्नसाथ कांग्रेस सांसदहरुले उठेर विरोध जनाएका हुन्।
कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारविरुद्ध बालुवाटारको सरकारी जग्गा हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दर्ता गरेपछि कांग्रेसले सडक र सदनबाट विरोध गर्दै आएको छ।
आइतबारको बैठकको प्रारम्भमै कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडुले बोल्न खाजे पनि सभामुख सापकोटाले उहाँलाई बोल्ने समय नै नदिइ संसद बैठक स्थगित गनुृभएको हो । संसदको अर्को बैठक भोलि दिउँसो १ बजे बस्ने भएको छ ।