गोरखा १९, माघ । गोरखामा नेपाली काग्रेस निकट भातृसंगठनहरुले सोमबार संसद बिघटनको बिरोधमा बिरोध प्रर्दशन गरेको छ । काग्रेसका बिभिन्न १३ वटा भाृतसंगठनहरुले प्रतिनिधिसभा बिघटनको बिरोधमा बिरोध कार्यक्रम गरेको हो ।
बिरोध कार्यक्रमालाई सम्बोधन गर्नुहुदै नेपाली काग्रेसकी केन्द्रीय सदस्य कमला पन्तले असंवैधानीक कदमको ढाकछोप गर्न ओलीले चुनावको नाटक गरेको बताउनुभयो । संविधानले पाँच वर्ष संसद बिघटन नगर्न स्पष्ट भनेकाले प्रधानमन्त्रीलाई झोँक चल्दैमा बिघटन गर्न नपाईने केन्द्रीय सदस्य पन्तले बताउनुभयो । यद्देपी उहाँले तोकिएको समयमा निर्वाचन भए काग्रेस निर्वाचनमा जान समेत तयार रहेको उहाँको भनाई छ ।
गोरखा सदरमुकामको बसपार्कमा आयोजित कार्यक्रममा महिला संघकी जिल्ला अध्यक्ष मनकुमारी गुरुङ, नेविसंघका महामन्त्री बलदेव तिमल्सिना, कांग्रेसका जिल्ला सदस्य ठाकुर भट्ट, दलित संघका केन्द्रिय इश्वर परियार, किसान संघका अध्यक्ष बासु भट्ट, भुपु सैनिक संघका अध्यक्ष डिलबहादुर थापा मगर लगायतले संवोधन गर्नुभएको थियो ।